२५ स्टाफ नर्स सहित डडेल्धुरा अस्पतालमा ५६ कर्मचारी माग
डडेल्धुरा, मंसिर ५। संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले विभिन्न पदमा ५६ जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा कार्यक्रमअन्तर्गत चिकित्सक, स्वास्थ्यकर्मीलगायत विभिन्न पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्न लागेको हो।
अस्पतालको कर्मचारी पद्पुर्ती समितिका अनुसार सबैभन्दा बढी २५ जना स्टाफ नर्स माग गरिएको छ। त्यस्तै १० जना मेडिकल अधिकृत र ५ जना हेल्थ असिस्टेन्ट भर्ना गरिनेछ।
अस्पतालले एक जना ईएनटी सर्जन, एक जना एनेस्थेसियोलोजिस्ट, दुई जना डेन्टल सर्जन, एक जना फिजियोथेरापिस्ट, तीन जना मेडिकल ल्याब टेक्नोलोजिस्ट र एक जना मेडिकल माइक्रोबायोलोजिस्ट माग गरेको छ।
यसैगरी एक जना डाइटिसियन अधिकृत, एक जना मेडिकल रेकर्डर अधिकृत, तीन जना मेडिकल ल्याब टेक्निसियन, एक जना फिजियोथेरापी सहायक र एक जना हाउसकिपिङ सुपरभाइजरका लागि पनि दरखास्त आह्वान गरिएको छ।
अस्पतालका अनुसार सबै पद करार सेवाका हुन्। दरखास्त आह्वान भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले अस्पतालको आधिकारिक वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरी आवश्यक कागजातसहित पेस गर्न सक्नेछन्।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, सम्बन्धित विषयको परिषद्मा दर्ता तथा नवीकरण भएको प्रमाणपत्र र अनुभवसम्बन्धी कागजात आवश्यक पर्नेछ। विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका उम्मेदवारले समकक्षता निर्धारण भएको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ। कर्मचारी छनोट अन्तर्वार्तामार्फत गरिने अस्पतालले जनाएको छ।
डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै
डडेल्धुरा, साउन २३। विश्व स्तनपान सप्ताह मनाइरहँदा डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या बढ्दै गएको देखिएको छ। यद्यपि कामकाजी आमालाई
आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै
डडेल्धुरा, साउन १५। डडेल्धुरामा पछिल्ला केही वर्षयता आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आधुनिक उपचारसँगै
डडेल्धुराका सातै स्थानीय तहमा आमा–शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु
डडेल्धुरा, साउन ८। डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको छ। संयुक्त
-

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
-

सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन ३ को च्याम्पियन
-

२५ स्टाफ नर्स सहित डडेल्धुरा अस्पतालमा ५६ कर्मचारी माग
-
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव
-
..jpeg)
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत
-

डडेल्धुराको उग्रतारा मन्दिरमा ८ गते ‘देहीजाँत’ मेला लाग्ने
-

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो
-

डडेल्धुरामा राष्ट्रिय कर दिवस मनाइयो, कर सप्ताह सुरु
-

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
-

उग्रतारा मेला नजिकिएसँगै भक्तजन र पर्यटकको घुइँचो, दैनिक हजारभन्दा बढीको आवागमन

प्रतिकृया दिनुहोस