डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको गतिविधि बढ्दै गएको र घरपालुवा जनावरमाथि आक्रमणका घटना हुन थालेको भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

कार्यालयका अनुसार आलिताल गाउँपालिका–१ अन्तर्गत सिस्नेरी र देवगाउँ क्षेत्र आसपास पछिल्लो डेढ महिनादेखि चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।

चितुवाको गतिविधिका कारण स्थानीय बासिन्दा र घरपालुवा जनावर जोखिममा पर्न सक्ने भन्दै कार्यालयले सचेत रहन अनुरोध गरेको छ।

वन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा जंगल क्षेत्रमा प्रवेश नगर्न, बालबालिकालाई विद्यालय आउजाउ गर्दा अभिभावकको साथमा पठाउन तथा घरवरपर रहेका झाडी र घाँस हटाएर नियमित सरसफाइ गर्न आग्रह गरेको छ।

त्यस्तै, बाख्रा, कुखुरालगायत घरपालुवा जनावरलाई सुरक्षित र बलियो खोरमा राख्न, रातिको समयमा घरवरपर उज्यालोको व्यवस्था गर्न तथा बालबालिकालाई बिहान र साँझपख घरबाहिर एक्लै खेल्न नदिन पनि कार्यालयले अनुरोध गरेको छ।
 

प्रतिकृया दिनुहोस

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डौ, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार

काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार

↑