भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डौ, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो ।

यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ ।

कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरू हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधवार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने तथा मखमली र सयपत्रीका माला पहिर्‍याउने परम्परा छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार

काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार

↑