स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। स्थापना दिवसका अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिका–५ का वडाध्यक्षले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान पु¥याउनुपर्ने बताउनुभयो। उहाँले सहकारीले समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो।

कार्यक्रमका सभाअध्यक्ष तथा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाका शाखा प्रमुख रामबहादुर विकले संस्थाको स्थापना, प्रगति र उद्देश्यबारे जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २०५२ साल कात्तिक १७ गते कैलालीको लम्कीमा २५ जना शेयर सदस्यबाट ६० हजार ३०० रुपैयाँ शेयर पुँजी संकलन गरी संस्था स्थापना गरिएको हो।

सुरुवातमा ६० हजार ३०० रुपैयाँ पुँजी रहेको सहकारीको कुल सम्पत्ति हाल ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको शाखा प्रमुख विकले जानकारी दिनुभयो। हाल सहकारीका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ४० भन्दा बढी शाखा सञ्चालनमा रहेका छन्।

गरिब तथा विपन्न परिवारलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापना भएको संस्थाले किसान तथा साना उद्यमीलाई वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो। उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा सदस्यहरूको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सहकारीले विभिन्न अभिमुखीकरण तथा तालिम कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

वि.सं. २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरेको यस संस्थाले सहकारीको मर्मअनुसार सदस्य तथा समुदायको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको जनाएको छ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डौ, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार

काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार

↑