बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार

बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो । 

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पु¥याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ । 

उनका अनुसार बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको छ । 

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु 

डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु

डडेल्धुरा, कार्तिक १४। भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।

करोडौँ लगानीका सङ्ग्रहालय प्रयोगविहीन

कैलाली, कात्तिक १४। कैलाली र कञ्चनपुरमा करोडौँ रुपियाँको लागतमा निर्माण गरिएका सङ्ग्रहालय भवन सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन् ।

↑