भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
डडेल्धुरा, कार्तिक १४। भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ। उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दरोटी गाउँका कुशल र उनकी आमा कल्पना देवीसहित तीन नेपाली नागरिक छन्। दुर्घटनामा एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आईजीएमसी शिमला पठाइएको छ।
दुर्घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार
बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत
डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।
करोडौँ लगानीका सङ्ग्रहालय प्रयोगविहीन
कैलाली, कात्तिक १४। कैलाली र कञ्चनपुरमा करोडौँ रुपियाँको लागतमा निर्माण गरिएका सङ्ग्रहालय भवन सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन् ।











प्रतिकृया दिनुहोस