बैतडीमा लागुऔषधको बढ्दो जोखिम
बैतडी,कात्तिक १४। सीमावर्ती जिल्ला बैतडीमा लागुऔषधको बढ्दो दुव्र्यसन र ओसारपसार नियन्त्रणका लागि सरोकारवालाबिच बृहत् संवाद भएको छ । लागुऔषध सेवनकर्ता सीमापारि गएर लागुऔषध सेवन गर्न थालेपछि चुनौती बढेको सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम विद्यार्थी न्यायिक मञ्चको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र दशरथ चन्द नगरपालिका बैतडीको सहकार्यमा शुक्रबार जिल्ला सदमरमुकाम खलङ्गामा लागुऔषधविरुद्ध बृहत् संवाद तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षक, नागरिक अगुवा तथा सामाजिक बुद्धिजीवीले बैतडी जिल्ला भारतसँग खुला सीमा जोडिएका कारण यहाँ लागुऔषधको स्थिति भयावह बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । सहभागीले प्रहरीले स्थानीयस्तरमा गाँजा फँडानी गरे पनि प्रयोगकर्ता झुलाघाट नाका हुँदै सहजै भारततर्फ गएर सेवन गरी पुनः नेपाल फर्किने गरेको नयाँ चुनौती औँल्याएका छन् । यसले गर्दा आन्तरिक नियन्त्रण मात्र पर्याप्त नभएको सहभागीले बताएका छन् ।
संवाद कार्यक्रममा सहभागी युवा विद्यार्थी मोहित पाण्डेयले पछिल्लो समय आफ्नै उमेर समूहका युवा लागुऔषध सेवन गर्न खुला सीमाको फाइदा उठाएर सीमापारि पुग्ने गरेको बताउनुभयो । दैनिक रूपमा सीमापारि जाने युवाको प्रहरीले रेकर्ड राखेर अनुसन्धान गर्नुपर्ने उहाँले माग राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका दशरथ चन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले युवापुस्ता कुलतमा फस्दा देशको भविष्य नै सङ्कटमा पर्ने भएकाले यसको रोकथाममा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले लागुऔषध नियन्त्रणका लागि प्रशासनिक र कानुनी रूपमा कडा कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि झुलाघाट सीमानाकामा नेपालतर्फ चेकजाँच गर्ने मेसिन उपकरण नहुँदा चुनौती भइरहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-८२ मा सात जना, ०८२-८३ मा ११ जना र चालु आवको साउनदेखि असोजसम्म चार जना लागुऔषध सम्बन्धमा पक्राउ परेका छन् ।
बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार
बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत
डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।
भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
डडेल्धुरा, कार्तिक १४। भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।











प्रतिकृया दिनुहोस