निःशुल्क भए पनि माटो परीक्षण गर्न आएनन् किसान
बैतडी,कात्तिक १४। दशरथ चन्द नगरपालिकाले किसानका लागि जिल्लामै पहिलो पटक स्थापना गरेको निःशुल्क माटो परीक्षण प्रयोगशाला एक वर्षदेखि सुनसान बनेको छ । नगरपालिकाले किसानको खेतबारीको माटोको स्वास्थ्य सुधार्न ल्याब स्थापना गरे पनि वर्षभरि एक जना पनि किसान माटो परीक्षणका लागि आएका छैनन् । जसका कारण ल्याबका सामग्री प्रयोगविहीन भएर थन्किएका छन् ।
माटो परीक्षणका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिए पनि किसानले यसबाट फाइदा लिन नसकेको दशरथ चन्द नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो । नगरपालिकाले आफ्नो स्थापनाको ३० औँ दिवसका अवसरमा गत वर्ष कृषि क्षेत्रको उत्पादन बढाउने उद्देश्यका साथ माटो परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।
कृषि शाखा प्रमुख कार्कीका अनुसार यस प्रयोगशालाबाट माटोको अम्लीयपन, क्षारीयपन वा तटस्थता जाँच गर्न सकिन्छ । यसका साथै बिरुवाका लागि आवश्यक मुख्य तìवहरू नाइट्रोजन, फस्फोरस, पोटास, र प्राङ्गारिक पदार्थ (गोठेमल वा कम्पोस्ट) को मात्रा पनि जाँच गरिन्छ । माटोको बनोट चिम्टाइलो, बलौटे वा पाँगो कस्तो छ, भन्ने कुराको १० थरी जानकारी किसानले निःशुल्क रूपमा पाउने व्यवस्था मिलाइएको कार्कीले बताउनुभयो । यद्यपि प्रचारप्रसार वा चेतनाको कमीले गर्दा ल्याबले अझैसम्म किसान पाउन सकेको छैन ।
बैतडीपछि माटो परीक्षण गर्ने ल्याब कञ्चनपुरको सुन्दरपुरमा रहेको छ । किसानलाई त्यहाँ पुग्न आतेजाते बस भाडा र माटो परीक्षण शुल्कसहित करिब पाँच हजार रुपियाँ खर्च हुने गर्छ ।
बडीमालिकामा सम्पर्कविहीन भएका कञ्चनपुरका युवक मृत फेला
बाजुरा, कार्तिक १५ । बाजुराको बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट
बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार
बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत
डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।
-

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह





प्रतिकृया दिनुहोस