१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु

डडेल्धुरा, कार्तिक १४। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रतियोगिता सञ्चालन गरिएको हो।

अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा शनिबार प्रतिनिधिसभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले प्रतियोगिताको उद्घाटन गरेकी छन्।

उद्घाटन कार्यक्रममा उनले खेलकुदमा महिला सहभागिता बढाउनुपर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्। अनुशासन, निरन्तरता र मिहिनेतले मात्रै सफल खेलाडी बन्न सकिने उल्लेख गर्दै उनले पदक जित्न खेलाडीको आत्मबलसँगै आवश्यक पूर्वाधार र लगानी पनि महत्वपूर्ण हुने बताइन्।

जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगितामार्फत जिल्लाका उत्कृष्ट खेल प्रतिभाको पहिचान गरिने र छनोट प्रक्रिया निष्पक्ष बनाइने बताए। उनले खेलाडीलाई अनुशासित भएर प्रतिस्पर्धा गर्न आग्रह गर्दै जिल्लाबाट स्वर्ण पदक जित्ने खेलाडीलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

उनले जिल्लामा आवश्यक खेलकुद पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष बासु जोशीले डडेल्धुराले पटक–पटक प्रधानमन्त्री र अहिले मुख्यमन्त्रीसमेत पाउँदा पनि खेलकुद पूर्वाधारको विकास हुन नसकेको बताए। जिल्लामा प्रशिक्षकको अभाव रहेको र खेलाडीहरू आफ्नै लगानीमा खेल जीवन अघि बढाउन बाध्य भएको उनको भनाइ थियो। उनले खेलाडीको भविष्य सुनिश्चित गर्न राज्यले ध्यान दिनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले चुनौतीका बाबजुद खेलाडीले लगनशीलता, आत्मविश्वास र निरन्तर प्रदर्शनमा ध्यान दिनुपर्ने बताए। उनले खेलाडी छनोट निष्पक्ष हुनुपर्नेमा जोड दिँदै छनोट प्रक्रियामा आफ्नो विशेष निगरानी रहने उल्लेख गरे।

डडेल्धुरा जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार प्रतियोगिताका १७ विधामा ४३५ खेलाडीले नाम दर्ता गराएका छन्। तीमध्ये २४८ खेलाडी प्रदेशस्तरीय छनोटका लागि सहभागी हुनेछन्।

प्रतियोगितामा भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबलटेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टन गरी १७ विधा समावेश छन्।

यीमध्ये केही खेल महिला तथा पुरुष दुवै समूहमा र केही पुरुषतर्फ मात्र सञ्चालन हुनेछन्। जिल्ला छनोटबाट उत्कृष्ट हुने खेलाडीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस

बडीमालिकामा सम्पर्कविहीन भएका कञ्चनपुरका युवक मृत फेला

बाजुरा, कार्तिक १५ । बाजुराको बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट

बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार

बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु 

डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।

↑