कञ्चनपुरमा पेटभित्र लुकाएर लागुऔषध तस्करी, दिसाबाट १० ग्राम खैरो हेरोइन बरामद
धनगढी, कार्तिक २ । कञ्चनपुरमा पेटभित्र लागूऔषध लुकाएर ओसारपसार गरेको आशङ्कामा नियन्त्रणमा लिइएका एक व्यक्तिको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीलाई लागूऔषध ओसारपसार गरिरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय ब्रह्मदेव र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टबाट नियन्त्रणमा लिई महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखेको थियो। प्रहरीका अनुसारआज बिहान दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा लुकाइएको खैरो हेरोइन फेला परेको हो। बरामद लागूऔषधको शुद्ध तौल १० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।
अपि हिमालमा पर्यटन उत्सव हुने
दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन
काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती,
चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ बन्दै रामारोशन
अछाम, कार्तिक २ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-

दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
-

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न






प्रतिकृया दिनुहोस