विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा विदेशमन्त्री वोङसँग वार्ता भएको थियो ।

वार्ताका क्रममा वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरे ।

बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो । थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणा गरेको छ ।

यो सँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको हो ।

भेटमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरेका छन् ।

साथै, उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका छन् ।

नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भिर्त्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

अस्ट्रेलियाको औपचारिक भ्रमण सकेर शनिबार मन्त्री खनाल स्वदेश फर्किएका छन् ।

भैमणका क्रममा परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु

डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच

चाडपर्वमा पनि व्यापार सुस्त

डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, असोज २४ । कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।

↑