महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, असोज २४ । कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार, नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको थियो । तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा सञ्चालन गर्ने प्रयोजनका लागि तार तान्ने क्रममा घटना भएको हो । महाकाली नदीमा बेपत्ता भएका थारुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु

डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच

चाडपर्वमा पनि व्यापार सुस्त

डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई

विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र

↑