सुदूरपश्चिममा दसैं–तिहार सुरक्षाका लागि ४ हजार ५०५ प्रहरी परिचालन
धनगढी, असोज २४ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक तथा अवैध गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरीले प्रदेशभर सुरक्षा व्यवस्था कडा बनाएको हो । चाडपर्वको समयमा हुने चोरी, लुटपाट, ठगी, झैझगडा, लागूऔषध कारोबार तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ४ हजार ५ सय ५ जना प्रहरी कर्मचारी परिचालन गरिनेछ । सुरक्षा संवेदनशीलता, जनघनत्व, सम्भावित जोखिम र आपराधिक गतिविधिको अवस्थालाई विश्लेषण गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । प्रदेशका मुख्य सहर, बजार क्षेत्र, सार्वजनिक स्थल, यातायातका केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
सुरक्षा योजना अन्तर्गत प्रदेशभर १ हजार १ सय ५१ स्थानमा प्रहरी ड्युटी व्यवस्थापन गर्ने तयारी गरिएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच तथा निगरानी बढाइएको छ । प्रहरीले सर्च अप्रेसन, कमाण्ड पोस्ट र यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षा गतिविधिलाई व्यवस्थित बनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा विभिन्न स्थानमा सवारीसाधन तथा यात्रुको चेकजाँच समेत सुरु गरेका छन् । चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा भीडभाड हुने भएकाले मुख्य सडक, बसपार्क तथा यात्रुको आवागमन बढी हुने स्थानमा विशेष निगरानी राखिएको छ ।
यात्रुलाई यात्राका क्रममा पर्न सक्ने समस्या, गुनासो तथा सम्भावित ठगीबाट जोगाउन यात्रु सहायता कक्ष स्थापना गरिएको हो । सवारीसाधनको अवस्था, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न पनि संयुक्त चेकजाँचलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले सुरक्षा रणनीति तयार गरी वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतको कमाण्डमा प्रहरी परिचालन गरिने बताए । चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले जोखिमको प्रकृति अनुसार प्रहरी परिचालन र निगरानीलाई प्रभावकारी बनाइने जानकारी दिए । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले विशेष सतर्कता अपनाएको छ । विशेषगरी तराईका जिल्लाका सीमा नाकामा कुकुरसहितको चेकजाँच सुरु गरिएको छ ।
अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु
डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच
चाडपर्वमा पनि व्यापार सुस्त
डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई
विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा






प्रतिकृया दिनुहोस