असोज कृष्ण औँसीसँगै सोह्र श्राद्ध समापन गरिँदै

काठमाण्डौ, असोज २४ । असोज कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आज औँसीको दिन गरिने श्राद्धसँगै समापन गरिँदैछ । पितृ पक्षमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।

पितृ पक्षका १५ तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि असोज शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा।डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

सोह्र श्राद्धको अवसरमा काठमाण्डौ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको भीड लाग्छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैँ शुरु हुन्छ । दशैँको घटस्थापना भोलि आइतबार परेको छ ।

प्रतिकृया दिनुहोस

अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु

डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच

चाडपर्वमा पनि व्यापार सुस्त

डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई

विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र

↑