डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने 

डडेल्धुरा, असोज २२ । डडेल्धुरा अस्पतालमा आगामी कार्तिक ११ गते शारीरिक अपाङ्गता भएका १८ वर्षसम्मका बालबालिकाका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन हुने भएको छ।

विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी), बनेपा र सिद्धार्थ बैंकको आयोजना तथा अमरगढी नगरपालिका र डडेल्धुरा अस्पतालको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो। शिविर बिहान ९ बजेदेखि डडेल्धुरा अस्पतालमा सुरु हुनेछ।

शिविरमा जन्मजात खुट्टाको पैताला भित्र फर्किएको, आगोले पोलेर अङ्गहरू एकआपसमा टाँसिएको, हातखुट्टा बाङ्गिएको, हड्डी नजोडिएको, जोर्नी खुस्किएको तथा जोर्नीहरू खुकुलो वा सुन्निने समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिनेछ।

त्यस्तै, हड्डी पाकेर पिप आउने, हड्डीको क्षयरोग, औँलाहरू एकआपसमा टाँसिएका वा बढी भएका, शरीरका विभिन्न जोर्नी बाङ्गिएका तथा जन्मजात ओठ र तालु फाटेका, गिजामा प्वाल भएका र नाक बाङ्गिएका बालबालिकाको समेत परीक्षण गरिने आयोजकले जनाएको छ।

शिविरमा हाडजोर्नीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान गरी आवश्यक अर्थोपेडिक सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकतासमेत मूल्याङ्कन गरिनेछ।

संस्थाका सामाजिक परिचालक भुवन बहनदुर चन्दका अनुसार शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान गरी आवश्यक स्वास्थ्य परीक्षण तथा पुनःस्थापना सेवामा पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। उहाँले सम्बन्धित समस्या भएका बालबालिकालाई शिविरमा ल्याएर स्वास्थ्य परीक्षण गराउन अभिभावकलाई आग्रह गर्नुभएको छ।

शिविरमा आउँदा अस्पतालले यसअघि जाँच गरेको पर्चा तथा उपलब्ध गराएको सहायक सामग्री भएमा साथमा लिएर आउन आयोजकले अनुरोध गरेको छ। शिविरबाट डडेल्धुराका शारीरिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण तथा आवश्यक पुनःस्थापना सेवामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 

प्रतिकृया दिनुहोस

अमरगढी नगरस्तरीय अन्तरमाध्यमिक पत्र लेखन प्रतियोगितामा ज्ञानोदयकी सृष्टि भाट प्रथम

डडेल्धुरा, असोज २२ । १५२ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय डडेल्धुराले आयोजना गरेको अमरगढी नगरस्तरीय अन्तरमाध्यमिक पत्र लेखन

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो

धनगढी, असोज २१ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याउने तयारी गरिरहेका बेला बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले

आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि आज बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

धनगढी, असोज २१ । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट आज (बुधवार) प्रदेशसभामा

↑