अमरगढी नगरस्तरीय अन्तरमाध्यमिक पत्र लेखन प्रतियोगितामा ज्ञानोदयकी सृष्टि भाट प्रथम

डडेल्धुरा, असोज २२ । १५२ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय डडेल्धुराले आयोजना गरेको अमरगढी नगरस्तरीय अन्तरमाध्यमिक पत्र लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

प्रतियोगितामा अमरगढी नगरपालिकाभित्रका १० वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूको पत्रको ढाँचा, विषयवस्तु, प्रस्तुतीकरण, शब्द सीमा, भाषिक शुद्धता, मौलिकता, अक्षरको सफाइ तथा खाम र टिकटको नमुनालगायतका आधारमा मूल्याङ्कन गरिएको जिल्ला हुलाक कार्यालय डडेल्धुराका हुलाक अधिकृत श्याम प्रसाद ओझाले बताउनुभयो । 

सार्वजनिक नतिजाअनुसार ज्ञानोदय विद्या निकेतन, टुफानडाँडाकी सृष्टि भाट प्रथम भएकी छन्। यस्तै, बैजनाथ माध्यमिक विद्यालय, मौरडाका साजनकुमार काश्यप द्वितीय र महेन्द्र माध्यमिक विद्यालय, खलङ्गाकी आरुशी पन्त तृतीय भएकी छन्।

मूल्याङ्कन समितिको निर्णयका आधारमा नतिजा प्रकाशन गरिएको हुलाक कार्यालयले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने 

डडेल्धुरा, असोज २२ । डडेल्धुरा अस्पतालमा आगामी कार्तिक ११ गते शारीरिक अपाङ्गता भएका १८ वर्षसम्मका बालबालिकाका लागि अपाङ्गता पहिचान, स्वास्थ्य

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो

धनगढी, असोज २१ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याउने तयारी गरिरहेका बेला बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले

आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि आज बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

धनगढी, असोज २१ । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट आज (बुधवार) प्रदेशसभामा

↑