चाडपर्वको रौनकसँगै बढ्दो खर्च, आम्दानीअनुसार बजेट मिलाउँदै उपभोक्ता

भावना पौडेल, डडेल्धुरा, असोज १९ । चाडपर्व नजिकिँदै जाँदा डडेल्धुराका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढ्न थालेको छ। दसैँ, तिहारलगायतका पर्वमा नयाँ कपडा, खाद्यान्न, घरायसी सामग्री तथा यातायातमा खर्च बढ्ने भएपछि उपभोक्ताले आफ्नो आम्दानीअनुसार बजेट व्यवस्थापन गर्न थालेका छन्।

चाडपर्वमा नियमित समयको तुलनामा खर्च बढ्ने भएकाले आवश्यक सामानलाई प्राथमिकता दिने र अनावश्यक खर्च घटाउने गरेको स्थानीय राम देउवा बताउनुहुन्छ। उहाँका अनुसार चाडपर्वका लागि आवश्यक सामानको सूची बनाएर मात्रै किनमेल गर्ने योजना छ।

त्यस्तै, बजारमा सामान खरिद गर्दा मूल्य तुलना गर्ने, आवश्यक वस्तु मात्रै खरिद गर्ने र आफ्नो आम्दानीअनुसार खर्च गर्ने गरेको उपभोक्ता पदमराज अवस्थी बताउनुहुन्छ। चाडपर्वका लागि पहिल्यै रकम छुट्याउने गरेमा खर्च व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ।

सीमित आम्दानी भएका परिवारलाई भने चाडपर्वको खर्च व्यवस्थापन गर्न थप चुनौती हुने गरेको छ। चाडपर्व भन्दैमा ऋण गरेर वा क्षमताभन्दा बढी खर्च गर्नुभन्दा आफ्नो आर्थिक अवस्थाअनुसार पर्व मनाउनुपर्ने उपभोक्ता पदमराज भट्ट बताउनुहुन्छ।

चाडपर्वका बेला उपभोक्ताले खर्च व्यवस्थापनसँगै बजारमा वस्तुको मूल्य, गुणस्तर र म्यादमा समेत ध्यान दिनुपर्ने देखिएको छ। आवश्यकताका आधारमा सामान खरिद गर्ने, मूल्य तुलना गर्ने र बिल लिने बानीले अनावश्यक आर्थिक भार कम गर्न सहयोग पुग्ने उपभोक्ताहरूको भनाइ छ।

चाडपर्वको रौनकसँगै बजारमा किनमेल बढे पनि आम्दानीअनुसार खर्च गर्ने, आवश्यकतालाई प्राथमिकता दिने र अनावश्यक खर्च घटाउनेतर्फ उपभोक्ताको ध्यान जान आवश्यक देखिएको छ।

यता चाडपर्व नजिकिएसंगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढेको जनाएको छ । चाडपर्वमा बिशेषगरी जुवातास, सवारी दुर्घटना जस्ता अन्य सम्भावित अपराधिक गतिविधि हुन सक्ने भन्दै सुरक्षा निकायलाइ तयारी अवस्थामा राखिएको प्रम्ख जिल्ला अधिकारी वेदराज फूयलले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

सुरु भयो थारु समुदायमा दसैंको तयारी 

धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको

सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता

स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर

↑