समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन
बाजुरा, असोज १९ । बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। प्रहरी प्रशासनले समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउँदै कानुनी सचेतना दिने तथा सेवा प्रवाहको बारेमा जानकारी गराउने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो।
प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा लगायतका विषयमा समुदायमै पुगेर नागरिकलाई सचेत गराउने, समस्या सुन्ने, अपराध रोकथाममा सहकार्य गर्ने र सेवा प्रवाहलाई सहज बनाउने प्रयास गरिएको छ।
दुर्गम भूगोल, छरिएका बस्ती र सीमित स्रोतसाधनका कारण बाजुरामा शान्ति सुरक्षा व्यवस्थापन आफैँमा चुनौतीपूर्ण छ। त्यस्तो अवस्थामा सुरक्षा निकायको सक्रियतासँगै स्थानीय सरकार, समुदाय र नागरिकको सहभागितालाई जोडेर काम गर्न सके अपराध न्यूनीकरण, सामाजिक सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिने देखिन्छ।
सुरु भयो थारु समुदायमा दसैंको तयारी
धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको
सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना
महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता
स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर










प्रतिकृया दिनुहोस