डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
जिल्ला खेलकुद समितिको कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले गर्नुभएको थियो। प्रतियोगितामा विभिन्न पोलमा भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने टिम क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।
पोल ‘ए’ बाट खगेन्द्र बुढाऐर–अनिल बम प्रथम तथा मनीष जोशी–नरेश ऐर तेस्रो हुँदै क्वाटरफाइनलमा पुगेका छन्। यस्तै, पोल ‘बी’ बाट योगेश बोहरा–भरत ऐर प्रथम तथा टेक खड्का–डम्बर ऐर दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
पोल ‘सी’ बाट हरि ओम केसी–निरज मल्ल प्रथम तथा दीपेन्द्र खड्का–बाबुराम श्रेष्ठ दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेका छन्। पोल ‘डी’ बाट ललित बोहरा–हरिष खड्का लगातार तीन खेलमा जित निकाल्दै प्रथम तथा गणेश बिष्ट–प्रकाश पार्की दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगितामा सहभागीमध्ये आठ टिम भने पहिलो चरणबाटै बाहिरिएका छन्। प्रतियोगिताका खेल रोमाञ्चक बन्दै गएको आयोजकले जनाएको छ।
जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीबीच आपसी भाइचारा र मित्रता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐरले बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रथम हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताअन्तर्गत आगामी चरणका खेलबाट सेमिफाइनल तथा फाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको
विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै
काठमाण्डौ, असार ६ । विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार पौने ११ बजे ह्युस्टनमा हुनेछ । नेदरल्यान्डस्ले
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस