डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै

डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको विकास, विस्तार तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जनाएको हो। 

प्रतियोगिता यही भदौ २७ र २८ गते जिल्ला खेलकुद समिति कभर्डहलमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन भदौ २७ गते हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टिमले भदौ २६ गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको जिल्ला खेलकुद समिति डडेल्धुराले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, नाम दर्ताका आधारमा जिल्ला खेलकुद समितिले प्रतियोगिताका लागि टिम तयार गर्ने जनाएको छ। 

प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकाससँगै नयाँ तथा प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगितालाई व्यवस्थित र सहभागितामूलक रूपमा सञ्चालन गर्ने बताउनुभएको छ। खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागिता जनाउन समितिले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा

डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको

विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै

काठमाण्डौ, असार ६ । विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार पौने ११ बजे ह्युस्टनमा हुनेछ । नेदरल्यान्डस्ले