इन्डोनेशियामा विद्यालयको निःशुल्क खाना खाएपछि झन्डै २ हजार जना बिरामी

इन्डोनेशियाभरि पछिल्ला तीन दिनमा सरकारको निःशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित ‘फुड पोइजनिङ’ अर्थात् खाद्य विषाक्तताका कारण झन्डै २ हजार जना विद्यार्थी र शिक्षक बिरामी परेका छन् ।

पछिल्लो घटनामा मध्य जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि ७७७ जना बिरामी परेका बीबीसीले जनाएको छ ।

इन्डोनेशियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याइएको अर्बौँ डलरको योजनामार्फत यी खानाहरू उपलब्ध गराइएका हुन् । यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरूमध्ये एक हो ।

तर सामूहिक रूपमा धेरै मानिसमा देखिएको ‘फुड पोइजनिङ’ को सम्भावित स्रोत हुनुका साथै यो कार्यक्रम भ्रष्टाचारको आरोप र यसको लागतसम्बन्धी आलोचनाबाट पनि घेरिएको छ ।

अस्ति बुधवार दिउँसोको खानाको समयमा लासेममा रहेको उच्च माध्यमिक विद्यालयमा ‘माकान बेर्गिजी ग्राटिस’ ९एमबीजी० कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको खाना खाएपछि ७५२ जना विद्यार्थी र २५ जना शिक्षकमा ‘फुड पोइजनिङ’ का लक्षणहरू देखिएका थिए ।

त्यसयता विद्यालयले झन्डै १ हजार २०० विद्यार्थी र ९५ जना कर्मचारीलाई घर पठाएको छ भने कतिपयलाई अस्पताल लगिएको छ ।

प्रधानाध्यापक जुहारतुतिकले सरकारले उपचारसम्बन्धी सम्पूर्ण खर्च व्यहोर्ने र स्थानीय खाद्य वितरक जिम्मेवारी लिन विद्यालयमा आएका बताउनुभएको छ ।

पूर्वी जाभाको सिदोआर्जोमा रहेको एक इस्लामिक आवासीय विद्यालयमा मङ्गलवार ‘एमबीजी’ खाना खाँदा ७३० जना बिरामी परेपछि यो प्रकोपको आशङ्का गरिएको स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।

स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदै छ ।

प्रतिकृया दिनुहोस

भारतमा महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियो

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

असार १५ । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

जेठ २९ । भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट