चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने
दार्चुला, साउन १३। सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवद्र्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो ।
दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ ।
सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भएबमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ । यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो । यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो ।
आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।
प्रस्तावित आयोजनास्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना छ । उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ ।
आयोजनाबाट वर्षायाममा ११८ दशमलव ५२ गिगावाट घण्टा र हिउँदमा ६७ दशमलव १०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत छ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रहेको छ ।
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम जोशी
डडेल्धुरा, कार्तिक १८ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका
सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायो
काठमाण्डौ, कात्तिक १८ । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक आईजीपी बनाउने निर्णय गरेको छ । आज बसेको
डडेल्धुराको आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह
डडेल्धुरा, कात्तिक १७ । डडेल्धुराको आलिताल गाउँपालिकाका विभिन्न क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। चितुवाको
-

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
-

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु





प्रतिकृया दिनुहोस