यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार
असार १५ । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित“ भएको बताउनु भएको छ ।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बङ्गलादेश फर्किने बताउनु भएको छ ।
मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनुभयो । गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् २०२४ को आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको संज्ञा दिनुभयो । उहाँले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्क्षाका लागि नभई राजनीतिक अधिकार, लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्ने उद्देश्यका लागि भएको दाबी गर्नुभयो ।
हसिनाले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दीलाई रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक गतिविधिको वातावरण बनाउन वर्तमान सरकारसँग आग्रह गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालको अन्तिम चरणमा भएका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
भारतमा महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियो
भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो
इन्डोनेशियामा विद्यालयको निःशुल्क खाना खाएपछि झन्डै २ हजार जना बिरामी
इन्डोनेशियाभरि पछिल्ला तीन दिनमा सरकारको निःशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित ‘फुड पोइजनिङ’ अर्थात् खाद्य विषाक्तताका कारण
भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना
जेठ २९ । भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस