विपद्मा परेर क्षति व्यहोर्दै आएका बझाङका कृषकले अब कृषि बिमाको सुविधा पाउने
बझाङ, बैसाख ६ । विभिन्न विपद्मा परेर कृषि व्यवसायमा क्षति व्यहोर्दै आएका बझाङका कृषकले अब कृषि बिमाको सुविधा पाउने भएका छन् । बिमा सुविधालाई जिल्लाभर विस्तार गर्न अभियानको रुपमा संचालन गरिने जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रले राष्ट्रिय बिमा कम्पनीसँग समन्वय गरेर बझाङका २५ जना अभिकर्तालाई कृषि बिमा सम्बन्धी तालिम दिइसकेको छ । पशुचौपायाको हकमा सीमित कृषकले बिमा गर्ने अभ्यास रहे पनि बालीनाली र जडीबुटी खेतीको बिमा गर्नेको संख्या शून्य रहेको छ ।
यसले प्रत्येक वर्ष विभिन्न मौसमी घटना, आगलागी, रोगकिरा जस्ता कारणले व्यवसायिक कृषि गरिरहेकाहरुले ठूलो क्षति भोग्नु परेकोले कृषकको मनोबल बढाउन बिमा अभियान सुरु गर्न लागिएको ज्ञान केन्द्रले जानकारी दिएको छ । बिमा सम्बन्धी सचेतना अभावका कारण पनि बाली र जडीबुटीको बिमा हुन नसकेकाले तालिम प्राप्त अभिकर्ताले सम्झाई बुझाइ गरेर बढी भन्दा बढी कृषकलाई यसको दायरामा ल्याइने ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए।
सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार
अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको
-

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे





प्रतिकृया दिनुहोस