विपद्मा परेर क्षति व्यहोर्दै आएका बझाङका कृषकले अब कृषि बिमाको सुविधा पाउने
बझाङ, बैसाख ६ । विभिन्न विपद्मा परेर कृषि व्यवसायमा क्षति व्यहोर्दै आएका बझाङका कृषकले अब कृषि बिमाको सुविधा पाउने भएका छन् । बिमा सुविधालाई जिल्लाभर विस्तार गर्न अभियानको रुपमा संचालन गरिने जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रले राष्ट्रिय बिमा कम्पनीसँग समन्वय गरेर बझाङका २५ जना अभिकर्तालाई कृषि बिमा सम्बन्धी तालिम दिइसकेको छ । पशुचौपायाको हकमा सीमित कृषकले बिमा गर्ने अभ्यास रहे पनि बालीनाली र जडीबुटी खेतीको बिमा गर्नेको संख्या शून्य रहेको छ ।
यसले प्रत्येक वर्ष विभिन्न मौसमी घटना, आगलागी, रोगकिरा जस्ता कारणले व्यवसायिक कृषि गरिरहेकाहरुले ठूलो क्षति भोग्नु परेकोले कृषकको मनोबल बढाउन बिमा अभियान सुरु गर्न लागिएको ज्ञान केन्द्रले जानकारी दिएको छ । बिमा सम्बन्धी सचेतना अभावका कारण पनि बाली र जडीबुटीको बिमा हुन नसकेकाले तालिम प्राप्त अभिकर्ताले सम्झाई बुझाइ गरेर बढी भन्दा बढी कृषकलाई यसको दायरामा ल्याइने ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको
विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम
डडेल्धुरा : नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस