धनगढीमा निःशुल्क आईभिएफ सेवा शिविर आयोजना हुने
धनगढी, चैत्र १०। सुदूरपश्चिमका दुरदराज क्षेत्रका दम्पतीले निसन्तानपनसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी धाउनुपर्ने बाध्यता कम गर्ने प्रयासस्वरूप धनगढीमा निःशुल्क आईभिएफ सेवा शिविर आयोजना हुने भएको छ।
शुभश्री आइभिएफ क्लिनिक प्रालि, काठमाडौं र केयरटेकर अस्पताल धनगढीको संयुक्त पहलमा चैत १४ गते सञ्चालन हुने शिविरले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्य राखेको आयोजकले जनाएका छन्। अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार सुदूरपश्चिममा निसन्तानपन तथा स्त्रीरोगसम्बन्धी समस्याको उपचारका लागि अझै पनि पर्याप्त विशेषज्ञ सेवा उपलब्ध छैन।
शिविरमा इन्फर्टिलिटी (आईभिएफ) विशेषज्ञ डा. रोजिना मानन्धर नेतृत्वको टोलीले सेवा दिनेछ। विशेषगरी सन्तान नहुने समस्या भोगिरहेका दम्पतीलाई परामर्श, परीक्षण र उपचारसम्बन्धी मार्गदर्शन प्रदान गरिने जनाइएको छ।
अस्पतालका अनुसार शिविरअन्तर्गत ओपीडी सेवा र भिडियो परीक्षण पूर्ण रूपमा निःशुल्क रहनेछ। अल्ट्रासाउन्ड सेवामा न्यूनतम शुल्क पाँचसय रुपैँया मात्र लाग्नेछ भने ल्याब परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
धनगढी–३, शहीदगेट अगाडि रहेको केयरटेकर अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरले विशेषगरी आर्थिक र भौगोलिक कारणले उपचारबाट वञ्चित रहेका बिरामीलाई राहत दिने अपेक्षा गरिएको छ।
नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात
चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
डडेल्धुरा, कात्तिक १२ । दसैँ–तिहारका कारण विद्यालय बन्द भएपछि बालबालिकाको दैनिक जीवनशैली फेरिएको छ। नियमित पढाइमा व्यस्त रहने बालबालिका यतिबेला
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन
-

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे





प्रतिकृया दिनुहोस