धनगढीमा निःशुल्क आईभिएफ सेवा शिविर आयोजना हुने

धनगढी, चैत्र १०। सुदूरपश्चिमका दुरदराज क्षेत्रका दम्पतीले निसन्तानपनसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी धाउनुपर्ने बाध्यता कम गर्ने प्रयासस्वरूप धनगढीमा निःशुल्क आईभिएफ सेवा शिविर आयोजना हुने भएको छ।

शुभश्री आइभिएफ क्लिनिक प्रालि, काठमाडौं र केयरटेकर अस्पताल धनगढीको संयुक्त पहलमा चैत १४ गते सञ्चालन हुने शिविरले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्य राखेको आयोजकले जनाएका छन्। अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार सुदूरपश्चिममा निसन्तानपन तथा स्त्रीरोगसम्बन्धी समस्याको उपचारका लागि अझै पनि पर्याप्त विशेषज्ञ सेवा उपलब्ध छैन। 

शिविरमा इन्फर्टिलिटी (आईभिएफ) विशेषज्ञ डा. रोजिना मानन्धर नेतृत्वको टोलीले सेवा दिनेछ। विशेषगरी सन्तान नहुने समस्या भोगिरहेका दम्पतीलाई परामर्श, परीक्षण र उपचारसम्बन्धी मार्गदर्शन प्रदान गरिने जनाइएको छ।

अस्पतालका अनुसार शिविरअन्तर्गत ओपीडी सेवा र भिडियो परीक्षण पूर्ण रूपमा निःशुल्क रहनेछ। अल्ट्रासाउन्ड सेवामा न्यूनतम शुल्क पाँचसय रुपैँया मात्र लाग्नेछ भने ल्याब परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

धनगढी–३, शहीदगेट अगाडि रहेको केयरटेकर अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरले विशेषगरी आर्थिक र भौगोलिक कारणले उपचारबाट वञ्चित रहेका बिरामीलाई राहत दिने अपेक्षा गरिएको छ।


 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई