डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते
डोटी मंसिर १४। डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आदर्श गाउँपालिका–४ ल्वारेगडा क्षेत्रमा दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ करिब सात बजे तिर समयमा सु.प.प्र. ०२–००१ च ११३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब एकसय मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार जिप चालक आदर्श गाउँपालिका–४ भुवा बस्ने करिब २९ वर्षीय मोहन विष्ट सहित १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीको जानकारीमा उल्लेख छ । उनीहरूलाई तत्काल उद्धार गरी काँणीस्याउले जीडी पोलिक्लिनिकमा उपचारका लागि पठाइएको छ ।
घाइतेहरूमा भगवती बि.क. (२१ वर्ष), रितिका बि.क. (५ वर्ष), राजन बि.क. (१ वर्ष), टिका बि.क. (३८ वर्ष), शेर बि.क. (१९ वर्ष), सरस्वती ओझा (१८ वर्ष), लालबहादुर विष्ट (३५ वर्ष), दिल्लीराज ओझा (२५ वर्ष) , बिष्ना ओझा (२३ वर्ष), सन्तोष विष्ट (२२ वर्ष) र दीपेश ओझा (४ वर्ष) रहेका छन् ।
उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा ९ जनाको प्रहरी टोली खटिएको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस