कैलालीमा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कैलाली, मंसिर २। जिल्ला प्रहरी कार्यालय कैलालीले एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लासँगै मातहतका प्रहरी इकाइहरूले अदालतको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ४२ जना प्रतिवादी पक्राउ गरेका हुन् ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रकृयाका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्तिलाई जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

अदालतका फैसलाहरू समयमै कार्यान्वयन गराउनमा प्रहरी सक्रिय रहँदै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहले बताए । फरार रहेका अन्य प्रतिवादीको पनि खोजी कार्य निरन्तर जारी रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई