डडेल्धुरामा महिला नेतृत्व सशक्तिकरणका लागि सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
डडेल्धुरा । नेपालमा महिलाको राजनीतिक नेतृत्व सशक्त बनाउन आयोजित सिकाई आदान प्रदान कार्यक्रम डडेल्धुरामा सफलतापूर्वक सम्पन्न भएको छ । अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको समन्वयमा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल को साझेदारीमा नेपालको राजनीतिमा महिला नेतृहरूको रूपान्तरीत नेतृत्व परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा महिला नेतृत्व, महिलाका हक, समानता, उद्यमशीलता, लैंगिक हिंसा न्यूनीकरण लगायतका विषयमा समिक्षा गरिएको थियो । जिल्ला तहका सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधि, सुरक्षा निकाय, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा हालसम्म परियोजनाले हासिल गरेका उपलब्धिहरूको समिक्षा गरियो ।
परियोजनाकी फिल्ड अफिसर चन्द्रा शर्माका अनुसार २५ जना महिला उद्यमीलाई व्यवसाय छनोटमा सहयोग प्रदान गरिएको छ भने २ वटा पालिकामा महिला नेतृत्व मञ्च र युवा महिला सञ्जाल गरी १३० जना महिला अभियानमा सक्रिय छन् ।
अमरगढी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लालबहादुर साउद ले महिला सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गन्यापधुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष चक्रबहादुर देउवाले महिला नेतृत्व क्षमताको वृद्धि, उद्यमशीलता तथा आर्थिक सशक्तिकरणका लागि निरन्तर सहयोग गर्ने बताए ।
महिला नेतृत्व मञ्चकी धर्मा देउवाले भविष्यमा स्थानीय तहमा मञ्चलाई दर्ता गरी थप समन्वयात्मक रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । प्रमुख अतिथि चोमेन्द्र न्यौपानेले महिला नेतृत्व क्षमताको विस्तारका लागि पैरवी अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्षहरू, सरकारी निकायका प्रतिनिधिहरू, स्थानीय व्यक्तित्व तथा एकद्धार संकट व्यवस्थापन केन्द्र का सदस्यहरूको उपस्थिति थियो। रुडुक डडेल्धुराका अध्यक्ष मानकुमारी थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
आमाबुबाविहीन बाल्यकालदेखि २५ वर्षको निरन्तर शिक्षण यात्रासम्म
डडेल्धुरा: बैतडीको सुर्नया गाउँपालिका–३ मा २०३५ सालमा जन्मिएकी मानमती भट्टले जीवनको सुरुवातमै आमाबुबाको स्नेह गुमाइन्। छ महिनाको उमेरमै आमाको
‘संघर्षले बनाएको सफल भविष्य’
डडेल्धुरा, असार २५ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो ।
सकसपछिको संघर्षबाट सफलताको स्वाद चाखेका खडक महता
ममता भट्ट, डडेल्धुरा, चैत्र ९ : आजभोली बिद्याथीहरु गाउँमा छैनन् । गाउँलेहरु सहरिया भईसके सामुदायिक बिद्यालयकोे विशेषता भुलिसकेका छन् । गाउँलेहरुले
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस