१२ वर्ष देखी रेडियो सेट मर्मतमा खडक बहादुर! 

तर्कराज भट्ट, फागुन १ । डडेल्धुराका खडक बहादुर ठकुराठी १२ वर्षदेखि रेडियो मर्मत गर्दै आइरहेका छन्। डिजिटल माध्यमको बाढीमा पनि रेडियोको विश्वसनीयता खोज्नेहरूका लागि उनी एक महत्वपूर्ण पात्र बनेका छन्।

भागेश्वर गाउँपालिका–१, डडेल्धुराका खड्क बहादुर ठकुराठी अहिले अमरगढी नगरपालिका–५, बगरपाटामा रेडियो मर्मत गर्ने काम गर्दै आइरहेका छन्। १६ वर्षसम्म सशस्त्र प्रहरी बलमा सेवा दिएका उनी जागिरे जीवनपछि आफ्नै रुचिको काममा लागे। रेडियो मर्मतको यो यात्रा उनले १२ वर्षअघि सुरु गरेका थिए।

सशस्त्र प्रहरीमा रहँदा उनले एक महिने सञ्चार तालिम लिएका थिए। यही सीपलाई उनले आफ्नो व्यवसायमा बदल्न सफल भए। ‘भातको धित भातले मर्ने, रोटीको धित रोटीले मर्ने’ भन्दै उनी भन्छन्, ‘रेडियोको आफ्नै महत्व छ।’

रेडियो मर्मत यात्राः खिया लागेको टर्चदेखि... 
खडक बहादुरका लागि रेडियो मर्मतको पहिलो अनुभव अविस्मरणीय छ। खिया लागेको टर्च बनाएर काम सुरु गरेका उनले सुरुमा लाहुरेहरूले ल्याएका रेडियो र टेप मर्मत गरे। १० वर्षअघि दैनिक १५–२० वटा रेडियो मर्मत गर्न आउने गरेकामा अहिले भने १–२ वटा मात्र आउने गर्छ।

‘पहिला टेप र रेडियोको समय थियो। रेडियो नेपालबाट समाचार आउँदा मानिसहरू भेला हुन्थे,’ उनी भन्छन्, ‘अहिले मोबाइलमै रेडियो बज्छ, तर श्रोता भने अझै रेडियोमै छन्।’

डिजिटल युगमा पनि रेडियोको प्रभावः
खडक बहादुर रेडियोको भविष्यलाई लिएर ढुक्क छन्। उनी भन्छन्, ‘सामाजिक सञ्जालका कारण समाचार र मनोरञ्जनको माध्यम सजिलो भएको छ, तर विश्वास भने अझै रेडियोमै छ।’

पहिले चिठीपत्र आदान–प्रदान गर्न महिनौँ लाग्थ्यो। रेडियो नै सञ्चारको एक मात्र भरपर्दो माध्यम थियो। डिजिटल माध्यमले रेडियोलाई प्रभावित गरे पनि विस्थापित भने गर्न सकेको छैन।

रेडियो मर्मतको लोप हुँदै गएको सीपः
रेडियो मर्मत गर्ने पुस्ता अब कम हुँदै गएकोमा उनी चिन्तित छन्। अहिलेको पुस्तालाई रेडियो मर्मतको सीप छैन, तर यो सीप सिके अन्य इलेक्ट्रोनिक उपकरण पनि सजिलै बनाउन सकिने उनी बताउँछन्। स्थानीय सरकारले यस्ता तालिममा जोड दिनुपर्ने उनको जोड छ ।

रेडियोको विश्वसनीयता जोगाउन र यसको प्रवद्र्धन गर्न खडक बहादुर जस्ता सीपयुक्त व्यक्ति आवश्यक छन्। डिजिटल युगमा पनि रेडियोको महत्व कायमै छ। प्रविधि परिवर्तन भए पनि रेडियोको प्रभाव अझै विश्वसनिय र लोकप्रिय छ ।
 

प्रतिकृया दिनुहोस

‘स्विजरल्यान्डको बाउ’ बडिमालिका ! के–के छन् मुख्य आकर्षण ?

बाजुरा, बैसाख ५। नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत असारमा पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि

शिक्षकदेखि सांसदसम्म: ३४ वर्षे कांग्रेस किल्ला तोड्दै संसद पुगेका जोशी

डडेल्धुरा, फागुन २३ । डडेल्धुराको राजनीतिक इतिहासमा यसपटक ठूलो परिवर्तन देखिएको छ। ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेसको वर्चस्व तोड्दै

महिनावारीमैत्री संरचनाको अभावः विभेद अन्त्यका छैन प्रयास

ममता भट्ट,डडेल्धुरा ः डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी