डोटिमा रमेशप्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय पेन्सन वञ्चित शिक्षकहरुको संघर्ष समिति गठन

डोटीः डोटीमा पेन्सन वञ्चित शिक्षकहरुको जिल्ला संघर्ष समिति गठन भएको छ । दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक भेलाबाट रमेशप्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय संघर्ष समिति गठन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र खड्का, उपाध्यक्षमा भागरथी मडै, सचिवमा पदमराज अवस्थी, सह–सचिवमा शिवलाल चौधरी र निर्मला जोशी तथा कोषाध्यक्षमा दिल बहादुर बलायर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भरत बहादुर कठायत, सूर्य सिंह, केशवराज ओझा, दिल बहादुर कुञ्जेडा, तिलक बहादुर महरा, देब बहादुर बम, मिन बहादुर बम, टेकेन्द्र छेडाल र रमेशप्रसाद जोशी रहेका छन् । त्यस्तै बडिकेदार गाउँपालिकाबाट प्रतिनिधित्व हुने गरी एक जना सदस्य आगामी बैठकबाट मनोनित हुने उक्त संघर्ष समितिले जनाएको छ ।

भेलाले संघर्ष समितिका सदस्यहरुलाई सम्बन्धित पालिका संयोजकका रुपमा पनि जिम्मेवारी तोकेको छ । जस अनुसार भरत बहादुर कठायतलाई पूर्वीचौकी गाउँपालिका, सूर्य सिंहलाई सायल गाउँपालिका, केशवराज ओझालाई आदर्श गाउँपालिका, दिल बहादुर कुञ्जेडालाई दिपायल सिलगढी नगरपालिका, तिलक बहादुर महरालाई शिखर नगरपालिका, देब बहादुर बमलाई के.आई.सिंह गाउँपालिका, मिन बहादुर बमलाई बागटान फुड्सिल गाउँपालिका र टेकेन्द्र छेडाललाई जोरायल गाउँपालिकाको संयोजकको जिम्मेवारी तोकिएको छ । बडिकेदार गाउँपालिकाबाट जिल्ला संघर्ष समितिमा मनोनित गरी संयोजक तोकिने बताईएको छ । रमेशप्रसाद जोशीलाई भने भेलाबाट अनुमोदित सदस्यका रुपमा राखिएको छ ।

त्यस्तै उक्त संघर्ष समितिको सल्लाहकार समितिको संयोजकमा योगेन्द्र बहादुर मल्ल र सदस्यहरुमा नरेन्द्र बहादुर बोगटी, कर्ण बहादुर बोगटी, राज बहादुर बडैला र कल्पना खड्का चयन भएका छन् ।
नेपाल सरकारले २०८१ पौष २९ मा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेको छ । सो अध्यादेशमा योगदानमा आधारित निवृत्तिभरण कोष ऐनको परिच्छेद ४ को ९ (क) मा (क१) ‘शिक्षक सेवा’ थप गरेको र उक्त प्रावधान नेपाल शिक्षक महासंघ लगाएत शिक्षक तथा विद्यालय कर्मचारीहरुका पेशागत संघसंगठनबिच सहमती विपरित भएको भन्दै देशभर पेन्सन वञ्चित शिक्षक संघर्ष समिति बनाईंदैछ ।

उक्त अध्यादेश अनुसार २०७५ चैत्र ४ गते पछाडी स्थायी नियुक्त भएका सबै तहका शिक्षकहरुलाई पेन्सन सुविधा नमिल्ने देखिएकाले संघर्ष समिति गठन गर्नुपरेको पेन्सन वञ्चित शिक्षक संघर्ष समिति डोटीका अध्यक्ष रमेशप्रसाद भट्टले बताए । नयाँ शिक्षा ऐन जारी हुनुभन्दा पहिले नियुक्त भएका सबै शिक्षकहरुलाई पूरानै निवृत्तिभरण प्रणाली लागु गरिनुपर्ने र शिक्षा ऐन जारी भएपश्चात मात्रै योगदानमा आधारित निवृत्तिभरण कोष ऐन लागु गर्नुपर्ने आफुहरुको माग रहेको संघर्ष समिति डोटीका उपाध्यक्ष भागरथी मडैले बताईन् ।

यस आन्दोलनमा डोटीको नेपाल शिक्षक महासंघले चासो नदेखाएको र भेलामा पनि सहभागि नहुनु दुःखद भएको पेन्सन वञ्चित शिक्षक संघर्ष समिति डोटीका सल्लाहकार संयोजक योगेन्द्र बहादुर मल्लले बताए । शिक्षक दिल बहादुर कुञ्जेडाको अध्यक्षतामा आयोजित भेलामा डोटीका करिब एक सय शिक्षकहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा

डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको

विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम 

डडेल्धुरा : नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न