डोटीमा बस दुर्घटना, १६ जना घाईते (विवरण सहित)

डोटी, साउन ३२ । डोटीमा बस दुर्घटना भएको छ ।  धनगढीबाट दिपायलका लागि  छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस रेडियो नेपाल नजिक समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ । 

घाईते हुनेमा डडेल्धुराको गन्यापधुरा–२ रिठा बस्ने २३ वर्षकी सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्ला बस्ने २९ वर्षिय भोज राज धामी, डोटी सायल–७ गौरीगाउँ बस्ने वर्ष ८२ का तेज बहादुर सिंह, आदर्श–४ बस्ने वर्ष ३०का कृष्ण विष्ट, ३८ वर्षिय सन्तोष बोहरा, डोटीको शिखर– १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ का भरत रावत रहेका छन ।

यस्तै बस साहु डोटी के.आई.सिंह–२ डुम्राकोटका ४२ वर्षका कमल विक्रम शाही, डोटीको दिपायल सिलगढी–१ तिखाका ४० वर्षका डम्मरी देवी खड्का, राजपुर बस्ने वर्ष ३८ का दिल बहादुर नेपाली, सायल–४ डौड बस्ने वर्ष ६५ का हर्क बहादुर सिंह, डोटी दिपायल सिलगढी–६ बस्ने वर्ष २९ का भेषराज धामी, डोटी आदर्श–१ बस्ने वर्ष २३ को प्रकाश खड्का, पुर्वीचौकी–७  टिमुर दह बस्ने वर्ष २१ का हिक्मत वि.क.,बोगटान फुड्सिल–६ पलाडी वस्ने वर्ष ३५ का देव बहादुर बोगटी, सायल–४का ५६ वर्षिय लाल बिरे भुल, सायल–२ बस्ने ४० वर्षिय दल बहादुर बयाडी रहेका छन । 

साथै बस दुर्घटना हुँदा दिपायल सिलगढी– ४ रेडियो नेपाल बस्ने लक्ष्मण बोगटीको पक्की घर तथा भान्सामा क्षति भएको र अर्जुन ठोकरको भान्सा घरमा क्षति भएको  प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात

काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण

डडेल्धुरा, कात्तिक १२ । दसैँ–तिहारका कारण विद्यालय बन्द भएपछि बालबालिकाको दैनिक जीवनशैली फेरिएको छ। नियमित पढाइमा व्यस्त रहने बालबालिका यतिबेला

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह

काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन

↑