डोटीमा बस दुर्घटना, १६ जना घाईते (विवरण सहित)
डोटी, साउन ३२ । डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस रेडियो नेपाल नजिक समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ ।
घाईते हुनेमा डडेल्धुराको गन्यापधुरा–२ रिठा बस्ने २३ वर्षकी सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्ला बस्ने २९ वर्षिय भोज राज धामी, डोटी सायल–७ गौरीगाउँ बस्ने वर्ष ८२ का तेज बहादुर सिंह, आदर्श–४ बस्ने वर्ष ३०का कृष्ण विष्ट, ३८ वर्षिय सन्तोष बोहरा, डोटीको शिखर– १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ का भरत रावत रहेका छन ।
यस्तै बस साहु डोटी के.आई.सिंह–२ डुम्राकोटका ४२ वर्षका कमल विक्रम शाही, डोटीको दिपायल सिलगढी–१ तिखाका ४० वर्षका डम्मरी देवी खड्का, राजपुर बस्ने वर्ष ३८ का दिल बहादुर नेपाली, सायल–४ डौड बस्ने वर्ष ६५ का हर्क बहादुर सिंह, डोटी दिपायल सिलगढी–६ बस्ने वर्ष २९ का भेषराज धामी, डोटी आदर्श–१ बस्ने वर्ष २३ को प्रकाश खड्का, पुर्वीचौकी–७ टिमुर दह बस्ने वर्ष २१ का हिक्मत वि.क.,बोगटान फुड्सिल–६ पलाडी वस्ने वर्ष ३५ का देव बहादुर बोगटी, सायल–४का ५६ वर्षिय लाल बिरे भुल, सायल–२ बस्ने ४० वर्षिय दल बहादुर बयाडी रहेका छन ।
साथै बस दुर्घटना हुँदा दिपायल सिलगढी– ४ रेडियो नेपाल बस्ने लक्ष्मण बोगटीको पक्की घर तथा भान्सामा क्षति भएको र अर्जुन ठोकरको भान्सा घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस