बझाङका १० हजार ८५५ बालबालिकालाई आईपीभी खोप
बझाङ, जेठ २५ । बझाङका १० हजार ८५५ बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडीका अनुसार जेठ १३ देखि २० गतेसम्म सञ्चालित खोप अभियानमा सो संख्यामा बालबालिकालाई खोप लगाइएको हो ।
जिल्लाको बुङ्गल नगरपालिकाका १ हजार ९५२ बालबालिकालाई आईपीभी खोप लगाइएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिकाका १ हजार ६३१, सुर्मा गाउँपालिकाका १ हजार ११०, तल्कोटका ७१४, मष्टाका ६२, छबिसपाथिभेराका ८६, दुर्गाथलीका ५२५, केदारस्युँका १ हजार ३०५, बित्थडचिरका ९०१, थलाराका ७१०, खप्तडछान्नाका ५१० र साइपाल गाउँपालिकाका ८९ जना बालबालिकालाई खोप लगाइएको छ ।
खोप अभियनका लागि जिल्लामा ३४१ ओटा खोप केन्द्र तोकिएका थिए । पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइएको बताइएको छ ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस