भारतको दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, गर्मीले जनजीवन अस्तव्यस्त

एजेन्सी, १६ जेठ । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । भारतीय मौसम विज्ञान विभागले नरेला र मुङ्गेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामा भन्दा ९ डिग्री सेल्सियसयले धेरै हो । ३ करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।

वर्षौँको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । भारतीय मौसम विज्ञान विभागले गर्मीले विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाहरूको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै भारतको राजस्थानका धेरै ठाउँमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

प्रतिकृया दिनुहोस

भारतमा महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियो

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो

इन्डोनेशियामा विद्यालयको निःशुल्क खाना खाएपछि झन्डै २ हजार जना बिरामी

इन्डोनेशियाभरि पछिल्ला तीन दिनमा सरकारको निःशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित ‘फुड पोइजनिङ’ अर्थात् खाद्य विषाक्तताका कारण

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

असार १५ । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफ्नो अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला