अछामका स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालनमा ढिलाई
अछाम, जेष्ठ १२ । चार वर्षअघि संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना अछामका स्थानीय तहमा अझै सम्पन्न हुन सकेका छैनन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी घोषणा गरिएको भएपनि उक्त कार्यक्रम केही पालिकामा अझै सुरु समेत हुन सकेको छैन ।
नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो । अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ २०७७ मंसिर १५ गते देशभरका ३९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।
तर, जिल्लाको दुर्गम क्षेत्रमा रहेको रामारोशन गाउँपालिकामा भने हालसम्म अस्पतालको शिलन्यास समेत हुन सकेको छैन । अघिल्लो कार्यकालका जनप्रतिनिधि भएको बेला अस्पताल निर्माणका लागि जग्गाको विवाद भएको र विवाद समाधान हुन नसक्दा हालसम्म अस्पताल निर्माणको कुनै पनि प्रक्रिया अघि नबढेको रामारोशन गाउँपालिकाका सूचना अधिकारी दिपक खनालले बताए ।
जिल्लाको तुर्माखाँद गाउँपालिकामा निर्माण हुन थालेको १० शय्याको अस्पताल निर्माणको काम अझै सकिएको छैन । चालु आवको असाढमसान्तसम्म काम गरि सक्ने गरि निर्माण कम्पनीसंग सम्झौता भएको र म्याद थप भएता पनि समयमा काम सम्पन्न गर्न असम्भव भएको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए ।
तुर्माखाँदमा स्वास्थ्य संस्थाको भवन नहुदा सेवा प्रभावित भएको बयकले बताए । संघीय सरकारको बजेटबाट अस्पताल निर्माण हुने भएता पनि सम्झौता, अनुगमन र नियमनको सबै काम स्थानीय तहले नै गरिरहेको उनले बताए । निर्माण कम्पनीलाई काम समयमै सम्पन्न गर्न पटकपटक ताकेता गरेपनि ढिलासुस्ती भइरहेको उनले बताए ।
चौरपाटी गाउँपालिकामा शिलन्यास भएको १५ शय्याको अस्पताल निर्माणको पनि सम्पन्न हुन सकेको छैन । दुइ वर्षमा काम सम्पन्न हुने गरि निर्माण कम्पनीसँग १२ करोड लागतमा तीन वर्ष अगाडी नै सम्झौता गरिएको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बताए । मेल्लेख गाउँपालिकामा १५ शय्याको अस्पतालको पहिलो चरणको काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले बताए ।
चाडपर्व सकिएसँगै रोजगारीका लागि भारत फर्किनेको लर्को
डडेल्धुरा, कात्तिक १३ । दसैं आउनुअघि कैलाली र कञ्चनपुरका सिमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किनेको चहलपहल थियो। भारतका विभिन्न सहरमा
अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने
काठमाण्डौ, कात्तिक १३ । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली २०८३
देशका पूर्व र मध्य भेगमा वर्षा र हिमपात, आज अझै ठूलो पानी पर्ने
काठमाण्डौ, कात्तिक १३ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी



.jpeg)







प्रतिकृया दिनुहोस