हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

काठमाडौं, वैशाख १४ । हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए ।

विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।

अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ ।  टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल