स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण

डडेल्धुरा: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाले आफ्नो स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। स्थापना दिवसका अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिका–५ का वडाध्यक्षले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान पु¥याउनुपर्ने बताउनुभयो। उहाँले सहकारीले समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो।

कार्यक्रमका सभाअध्यक्ष तथा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अमरगढी शाखाका शाखा प्रमुख रामबहादुर विकले संस्थाको स्थापना, प्रगति र उद्देश्यबारे जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २०५२ साल कात्तिक १७ गते कैलालीको लम्कीमा २५ जना शेयर सदस्यबाट ६० हजार ३०० रुपैयाँ शेयर पुँजी संकलन गरी संस्था स्थापना गरिएको हो।

सुरुवातमा ६० हजार ३०० रुपैयाँ पुँजी रहेको सहकारीको कुल सम्पत्ति हाल ८ अर्ब रुपैयाँभन्दा बढी पुगेको शाखा प्रमुख विकले जानकारी दिनुभयो। हाल सहकारीका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ४० भन्दा बढी शाखा सञ्चालनमा रहेका छन्।

गरिब तथा विपन्न परिवारलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापना भएको संस्थाले किसान तथा साना उद्यमीलाई वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो। उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा सदस्यहरूको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सहकारीले विभिन्न अभिमुखीकरण तथा तालिम कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

वि.सं. २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरेको यस संस्थाले सहकारीको मर्मअनुसार सदस्य तथा समुदायको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको जनाएको छ।
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको

↑