४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार
काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जित्नुभएको छ ।
आज आन्तरिक राजस्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जित्नुभएको हो । उहाँले यही कात्तिक ५ गते ललितपुरको धापाखेलमा रहेको बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको सामान किनेर ई–सेवाबाट भुक्तानी गर्नुभएको थियो ।
अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रुपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तगर्त १० लाख पाउने करदाता घोषणा गरिएको हो ।
१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालले फोन गरेर बधाई दिनुभयो ।
सरकारले बिलबिजक लिनेरदिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरू गरेको हो ।
१०० रुपैयाँभन्दा धेरैका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ ।
एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो
काठमाण्डौ, कात्तिक १६ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमले चालू आर्थिक
तीन दिनदेखि उद्धारको पर्खाइमा मनिषको शव
बाजुरा, कात्तिक १६ । बडिमालिका दर्शन गरेर घर फर्किने क्रममा चिसोका कारण मृत्यु भएका कञ्चनपुरको बेदकोट नगरपालिका–स्थित दैजीका २० वर्षीय मनिष
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
बाजुरा, कार्तिक १६ । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौदेखी निर्माण
-

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह




.jpeg)

प्रतिकृया दिनुहोस