एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो
काठमाण्डौ, कात्तिक १६ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।
निगमले चालू आर्थिक वर्ष २०८३, ८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको हो ।
निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
निगमले खाना पकाउने ग्यासको बिक्रीरवितरणलाई सहज बनाउन र उपभोक्ताको हितलाई प्रवर्द्धन गर्न ग्यास उद्योगहरूलाई आपसमा गाभ्नु आवश्यक रहेको जनाएको छ । एलपी ग्यास उद्योग सङ्घले पनि उद्योगहरू गाभ्नेबारे निगमको पत्र आएको र आफूहरूले छलफल गरिरहेको जनाएको छ ।
निगमका अनुसार अहिले देशभर ५८ वटा ब्रान्डका ग्यास छन् । ब्रान्ड धेरै हुँदा ग्यास अभावका बेला उपभोक्तालाई सास्ती हुने भएकोले ब्रान्ड कम हुँदा उपभोक्तालाई पनि सहज हुने निगमको भनाइ छ ।
४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार
काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार
तीन दिनदेखि उद्धारको पर्खाइमा मनिषको शव
बाजुरा, कात्तिक १६ । बडिमालिका दर्शन गरेर घर फर्किने क्रममा चिसोका कारण मृत्यु भएका कञ्चनपुरको बेदकोट नगरपालिका–स्थित दैजीका २० वर्षीय मनिष
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
बाजुरा, कार्तिक १६ । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौदेखी निर्माण
-

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
-

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह




.jpeg)

प्रतिकृया दिनुहोस