तीन दिनदेखि उद्धारको पर्खाइमा मनिषको शव

बाजुरा, कात्तिक १६ । बडिमालिका दर्शन गरेर घर फर्किने क्रममा चिसोका कारण मृत्यु भएका कञ्चनपुरको बेदकोट नगरपालिका–स्थित दैजीका २० वर्षीय मनिष बोहराको शव तीन दिनदेखि उद्धारको पर्खाइमा छ ।

बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका दर्शन गरेर फर्किने क्रममा गत शुक्रबार पाटनमा बोहराको मृत्यु भएको थियो । शनिबार उहाँको शव फेला परे पनि प्रतिकूल भौगोलिक अवस्थाका कारण अझै उद्धार हुन सकेको छैन ।

शव बोकेर ल्याउन कठिनाइ भएकाले हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उद्धारका लागि हेलिकोप्टर आइतबार आउने भनिए पनि अहिलेसम्म आइपुगेको छैन ।

हेलिकोप्टर काठमाडौँबाट सुर्खेत पुगेको र केही समयपछि बोहराको शव उद्धारका लागि बाजुरा आउने जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो ।

बडिमालिका समुद्र सतहबाट चार हजार २२० मिटर उचाइमा रहेको छ । यहाँ कात्तिकदेखि चैतको अन्तिमसम्म हिउँ जम्ने गरेको छ ।
 

प्रतिकृया दिनुहोस

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार

काठमाण्डौ, कात्तिक १६ । ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार

एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

काठमाण्डौ, कात्तिक १६ । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमले चालू आर्थिक

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बाजुरा, कार्तिक १६ । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौदेखी निर्माण

↑