अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने

काठमाण्डौ, कात्तिक १३ । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली २०८३ जारी गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको नयाँ नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अरू जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेश गर्नुपर्नेछ ।

सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर काम नलाग्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ ।

यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै विवाहअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेश गर्नुपर्नेछ । पतिको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाले उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।

नयाँ नियमावलीले नागरिकता वितरणको अभिलेख सुरक्षित राख्नुपर्ने र निवेदकले पेश गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ । त्यसैगरी नागरिकता नम्बरलाई व्यवस्थित गर्न जिल्लागत तथा कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा नम्बर कायम गरिनेछ । रासस

प्रतिकृया दिनुहोस

चाडपर्व सकिएसँगै रोजगारीका लागि भारत फर्किनेको लर्को

डडेल्धुरा, कात्तिक १३ । दसैं आउनुअघि कैलाली र कञ्चनपुरका सिमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किनेको चहलपहल थियो। भारतका विभिन्न सहरमा

देशका पूर्व र मध्य भेगमा वर्षा र हिमपात, आज अझै ठूलो पानी पर्ने

काठमाण्डौ, कात्तिक १३ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात

काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात

↑