डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
डडेल्धुरा, कात्तिक ११ । महाभारत पर्वत क्षेत्रमा किभि खेती विस्तार हुँदै गएको छ । स्याउ उत्पादन घट्दै गएपछि किसान किभि खेतीतर्फ आकर्षित भएका हुन् । डडेल्धुरामा हाल २३ हेक्टर क्षेत्रफलमा किभि खेती भइरहेको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार गत आर्थिक वर्षमा १९ मेट्रिकटन किभि उत्पादन भएको छ । अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा खेती हुँदा १० मेट्रिकटन उत्पादन भएको थियो । उत्पादन बढेसँगै बजार मूल्य भने घट्दै गएको छ ।
अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किभिको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । उत्पादन बढ्दै गए पनि कैलाली, कञ्चनपुरलगायतका बजारमा व्यापारीले बारीबाटै किभि खरिद गरेर लैजाने गरेका छन् ।
आलिताल गाउँपालिका–२ लामिटुडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किभिका बिरुवा ल्याएर खेती सुरु गरेका थिए । अहिले उनले ३०० भन्दा बढी बोटबाट किभि उत्पादन गर्नुका साथै नर्सरीसमेत सञ्चालन गर्दै आएका छन । गत वर्ष उनले ७५ क्विन्टल किभि बिक्री गरेका थिए ।
त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर किभि खेती र नर्सरीमा संलग्न भएका छन । उनले रातो र पहेँलो किभिको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किभिको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएका छन ।
कृषि ज्ञान केन्द्रले किभि बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवामा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । गत आर्थिक वर्षमा किभि बगैँचाका लागि १५ लाख रुपैयाँ खर्च गरिएको केन्द्रले जनाएको छ ।
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
-

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
-

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि






प्रतिकृया दिनुहोस