अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित बसपार्क नजिकै रहेको नवदुर्गा सामुदायिक वनभित्र केही शिलाहरूलाई देवीदेवताको थानका रूपमा पूजा गर्न थालिएपछि उक्त क्षेत्रमा चहलपहल बढेको छ।

दुई सातादेखि उक्त स्थानमा दैवी शक्ति उत्पत्ति भएको भन्दै स्थानीयवासी दर्शन तथा पूजाअर्चनाका लागि पुग्न थालेका छन्। स्थानीय सुरेन्द्र शाहीका अनुसार पछिल्ला केही दिनयता उक्त क्षेत्रमा चहलपहल बढेको छ। मन्दिरका पुजारी, धामी र एकजना माताले उक्त स्थानमा देउथान पत्ता लगाएको दाबी गरेपछि स्थानीयवासीको चासो बढेको उनले बताए।

स्थानीयवासीले उक्त स्थानमा पिल्लर गाडेर तारजाली लगाउँदै घेरबारसमेत गरेका छन्। तर, सामुदायिक वन समितिलाई जानकारी नदिई वन क्षेत्रमा संरचना बनाउन थालिएको भन्दै समितिले असन्तुष्टि जनाएको छ। दुर्गालक्ष्मी सामुदायिक वन समितिकी अध्यक्ष शिवा कडायतले समितिको अनुमति र जानकारीबिनै धामीझाँक्रीले मनोमानी ढंगले गतिविधि गरेको बताइन्। वन क्षेत्रमा यसअघि पनि मूर्तिजस्ता देखिने अन्य शिलाहरू रहेकाले अहिले देखिएको उनले बताइन्। 

वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले देवीदेवता उत्पत्ति भएको भन्दै गलत प्रचार गरिएको हुनसक्ने आशंका पनि वन समितिले गरेको छ। देवीदेवताको थान नै भएकोमा त्यसको संरक्षणमा समिति आफैँ पनि जुट्ने अध्यक्ष कडायतले बताइन्। 

प्रतिकृया दिनुहोस

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह

काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार

डडेल्धुरा, कात्तिक ११ । महाभारत पर्वत क्षेत्रमा किभि खेती विस्तार हुँदै गएको छ । स्याउ उत्पादन घट्दै गएपछि किसान किभि खेतीतर्फ आकर्षित भएका हुन् ।

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

↑