साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।
रियादमा रहेको नेपाली दूतावासले सूचना निकाल्दै नेपालीहरूलाई सुरक्षा अवस्थाप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपील गरेको हो ।
दूतावासले सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी गरिएका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्वीर र भिडियो पोस्ट वा शेयर नगर्न पनि सचेत गराएको छ ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई भने उडान तालिकामा कुनै परिवर्तन भए÷नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ ।
आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादमा रहेको दूतावास तथा जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि आग्रह छ ।
साउदी अरबमा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत रहेका अनुमान छ । रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली साउदी जाने गरेका छन् ।
पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल तथा अन्य महत्त्वपूर्ण संरचनाहरूमा आक्रमण गरिरहेका छन् ।
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन
डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
डडेल्धुरा, कात्तिक ११ । महाभारत पर्वत क्षेत्रमा किभि खेती विस्तार हुँदै गएको छ । स्याउ उत्पादन घट्दै गएपछि किसान किभि खेतीतर्फ आकर्षित भएका हुन् ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
-

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह
-

डडेल्धुरामा २३ हेक्टर क्षेत्रफलमा किभि खेती विस्तार
-

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
-

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
-

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि






प्रतिकृया दिनुहोस