दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
भावना पौडेल, डडेल्धुरा, असोज ३० । नेपालीहरूको महान पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका नेपालीहरू दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि गाउँघरमा रौनक छाएको छ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा सुखदुःख साटासाट गर्ने परम्पराका कारण घर फर्किनेहरूको सङ्ख्या बढेको हो। लामो समयदेखि घरपरिवारबाट टाढा रहेकाहरू चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि स्थानीय बजार तथा गाउँबस्तीमा चहलपहल बढेको छ।
अजयमेरु गाउँपालिकाकी स्थानीय जानकी चन्दका अनुसार दसैँ सुरु भएसँगै गाउँघरमा चहलपहल बढेको छ। बाहिर रहेका आफन्त तथा परिवारका सदस्यहरू घर फर्किन थालेपछि दसैँको रौनक थपिएको उहाँको भनाइ छ।
त्यस्तै बैतडीको पाटन नगरपालिकाका स्थानीय जगदीश बिष्टले पनि दसैँका लागि घर फर्किनेहरूको चहलपहल बढेको बताउनुभयो। दसैँले टाढिएका परिवारका सदस्य तथा आफन्तलाई भेटघाट गर्ने अवसर प्रदान गर्ने भएकाले यो पर्वको विशेष महत्व रहेको उहाँको भनाइ छ।
नवदुर्गा गाउँपालिका –१ कोटेलीका स्थानीय दीपक बुढाऐरले पनि दसैँका बेला गाउँघरमा चहलपहल बढ्ने गरेको बताउनुभयो। रोजगारी तथा अन्य कामका लागि बाहिर रहेका व्यक्तिहरू घर फर्किन थालेपछि गाउँमा भेटघाट र रमाइलोको वातावरण बन्ने गरेको उहाँको भनाइ छ।
दसैँले परिवार र आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै गाउँघरमा आपसी सद्भाव, खुसी र उत्साहसमेत बढाउने गरेको छ। रोजगारी तथा अध्ययनका लागि घरबाहिर रहेका व्यक्तिहरू गाउँ फर्किन थालेपछि डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न गाउँबस्तीमा दसैँको रौनक बढ्न थालेको छ।
आज बडादसैँको छैटौँ दिन, माता कात्यायनीको पूजा आराधना गरिँदै
काठमांडौ, असोज ३० । नेपालीहरूको महान् पर्व बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन । आज नवदुर्गामध्ये छैटौँ स्वरूप माता कात्यायनी देवीको
सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको
भिरालो जमिनमा पाइने रम्बास लोप हुँदै
ममता भट्ट, डडेल्धुरा, असोज २९ । डडेल्धुरामा भिरालो जमिनमा पाइने रम्बास लोप हुँदै गएको छ। खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी,










प्रतिकृया दिनुहोस