सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि एकदिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सिकाइ केन्द्रको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा शैक्षिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपाल पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को तथ्यांकमा जिल्लाभर ४८ जना बालबालिका मात्रै विद्यालयबाहिर रहेका छन् । परशुराम नगरपालिकामा मात्रै १८६ बालबालिका विद्यालयबाहिर रहेको विवरण सार्वजनिक भएपछि तथ्यांकमा देखिएको फरकबारे यकिन गर्न आवश्यक देखिएको छ । यसका लागि विद्यालयबाहिर रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी तथ्यांक अद्यावधिक गर्नुपर्ने देखिन्छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका निमित्त प्रमुख केशव जोशीले सामुदायिक सिकाइ केन्द्रलाई समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सिकाइ केन्द्रमार्फत निरन्तर सिकाइ, साक्षरता प्रवद्र्धन तथा समुदायको शैक्षिक विकासमा योगदान पु¥याउन पदाधिकारीहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारले सामुदायिक सिकाइ केन्द्रलाई प्राथमिकतामा नराखेको बताउनुभयो । विगतमा सिकाइ केन्द्रहरूले आयआर्जन, विकास निर्माण र सामुदायिक रूपान्तरणमा समेत योगदान पु¥याएको उल्लेख गर्दै उहाँले केन्द्रको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विसं २०८६ पछि कक्षा ८ उत्तीर्ण नगरेका नागरिकलाई सरकारी सेवाबाट वञ्चित गर्ने व्यवस्था ल्याउन लागिएको उल्लेख गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सबै पक्षले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । सिकाइ केन्द्रहरूले विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, अभिभावकमा सचेतना अभिवृद्धि र विद्यालय भर्नाका लागि सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
अमरगढी नगरपालिका–१० की परिचालक मनकामना साउदले आफूले वडा कार्यालयमा काम गर्नुपर्ने र सचिव नभएको अवस्थामा सचिवको जिम्मेवारीसमेत सम्हाल्नुपरेको गुनासो गर्नुभयो । उहाँसहित अन्य परिचालकहरूले कार्यक्षेत्रअनुसारको जिम्मेवारी निर्धारण, उचित पारिश्रमिक, आफ्नै कार्यालय, नियमित बजेट तथा डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्न आवश्यक तालिम र उपकरणको व्यवस्था गर्न माग गरेका छन् ।
यसैबीच, गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम सामुदायिक सिकाइ केन्द्रले स्थानीय भाषाको पुस्तक प्रकाशन, देउसीभैलो परम्पराको संरक्षण तथा पुराना कृषि औजार, भेषभूषा र सांस्कृतिक सामग्री संकलन गरी संग्रहालयको स्वरूपमा विकास गर्ने काम गरेको जनाएको छ ।
सामुदायिक सिकाइ केन्द्रहरूले शिक्षा, सीप विकास, संस्कृति संरक्षण र समुदायको रूपान्तरणमा योगदान पु¥याउँदै आएका भए पनि आवश्यक बजेट, जनशक्ति र स्रोतसाधनको अभावले अपेक्षित रूपमा काम गर्न नसकेको परिचालकहरूको गुनासो छ । विद्यालयबाहिर रहेका बालबालिकाको वास्तविक संख्या पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउन तथा सिकाइ केन्द्रलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ ।
दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
भावना पौडेल, डडेल्धुरा, असोज ३० । नेपालीहरूको महान पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न
आज बडादसैँको छैटौँ दिन, माता कात्यायनीको पूजा आराधना गरिँदै
काठमांडौ, असोज ३० । नेपालीहरूको महान् पर्व बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन । आज नवदुर्गामध्ये छैटौँ स्वरूप माता कात्यायनी देवीको
भिरालो जमिनमा पाइने रम्बास लोप हुँदै
ममता भट्ट, डडेल्धुरा, असोज २९ । डडेल्धुरामा भिरालो जमिनमा पाइने रम्बास लोप हुँदै गएको छ। खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी,










प्रतिकृया दिनुहोस