शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न
डडेल्धुरा : शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीका लागि शैक्षिक योजना, कार्यक्रम कार्यान्वयन, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो । स्थानीय तहमा शैक्षिक योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक तथ्याङ्कको व्यवस्थित व्यवस्थापन, IEMIS मा तथ्याङ्क प्रविष्टि तथा अद्यावधिक र प्रतिवेदन तयारीलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका निमित्त प्रमुख केशव जोशीले शैक्षिक योजना निर्माण तथा कार्यान्वयनमा तथ्याङ्कको शुद्धता, नियमित अद्यावधिक र प्रतिवेदनको महत्त्व रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको योजना निर्माण, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन सम्बन्धित कर्मचारीको क्षमता विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।
शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्नको प्रभावकारी प्रयोग, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन तयारीसम्बन्धी विषयमा राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराका प्रमुख नारायण दत्त भट्टले प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रमले स्थानीय तहका शिक्षा शाखामा कार्यरत कर्मचारीको प्राविधिक ज्ञान तथा कार्यक्षमता अभिवृद्धि गर्नुका साथै शैक्षिक योजना र कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
-

शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो





प्रतिकृया दिनुहोस