शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

डडेल्धुरा : डडेल्धुरामा शैक्षिक योजना, IEMIS  र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीका लागि शैक्षिक योजना, कार्यक्रम कार्यान्वयन, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो । स्थानीय तहमा शैक्षिक योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक तथ्याङ्कको व्यवस्थित व्यवस्थापन, IEMIS मा तथ्याङ्क प्रविष्टि तथा अद्यावधिक र प्रतिवेदन तयारीलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका निमित्त प्रमुख केशव जोशीले शैक्षिक योजना निर्माण तथा कार्यान्वयनमा तथ्याङ्कको शुद्धता, नियमित अद्यावधिक र प्रतिवेदनको महत्त्व रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको योजना निर्माण, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन सम्बन्धित कर्मचारीको क्षमता विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।

शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्नको प्रभावकारी प्रयोग, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन तयारीसम्बन्धी विषयमा राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराका प्रमुख नारायण दत्त भट्टले प्रशिक्षण दिनु भएको थियो। 

कार्यक्रमले स्थानीय तहका शिक्षा शाखामा कार्यरत कर्मचारीको प्राविधिक ज्ञान तथा कार्यक्षमता अभिवृद्धि गर्नुका साथै शैक्षिक योजना र कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता

डडेल्धुरा, असोज २८ । आसन्न दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी डडेल्धुराको प्रमुख नाका स्याउलेमा सवारी साधनहरूको संयुक्त अनुगमन तथा विशेष

महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो

धनगढी, असोज २८ । महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी

भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको

↑