चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता

डडेल्धुरा, असोज २८ । आसन्न दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी डडेल्धुराको प्रमुख नाका स्याउलेमा सवारी साधनहरूको संयुक्त अनुगमन तथा विशेष चेकजाँचलाई कडाइका साथ नियमित रूपमा अघि बढाइएको छ।

चाडपर्वको समयमा यात्रुको अत्यधिक चाप हुने मौका छोपी सवारी साधनहरूले मनपरी गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र दुर्घटनाको जोखिम बढाउने भएकाले जिल्ला प्रशासन यातायात कार्यालय तथा सरोकारवाला निकायले नियमित अनुगमनलाई तीव्रता दिएका हुन्।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयानुसार सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र रोकायाको नेतृत्व तथा यातायात व्यवस्था कार्यालय डडेल्धुराको समन्वयमा यो संयुक्त चेकजाँच भइरहेको छ। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेका टोलीहरू राजमार्गमै खटिएर चेकजाँच गरिरहेका छन्।

चेकजाँचका क्रममा देखिएको बेथितिबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेका प्रमुख, प्रहरी नायब निरीक्षक (सई) गोविन्द बोहराले चेकिङ छल्न सवारी चालक र सहचालकहरूले नयाँ जुक्ति अपनाउने गरेको बताए। उनका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनहरूले ट्राफिक चेकिङ हुने स्थलभन्दा केही पर नै बढी भएका यात्रुलाई ओरालेर हिँड्न लगाउने र चेकपोइन्ट पार गरेपछि अगाडि पुगेर पुनः तिनै यात्रुलाई चढाउने गरेको समस्या देखिएको छ। 

सई बोहराले मापसे तथा लापसे (लागुऔषध सेवन) जाँच, सिट क्षमता, सिटको अवस्था तथा यात्रु संख्याको सूक्ष्म निगरानी भइरहेको बताउँदै यसरी नियमको आँखा छल्ने प्रवृत्ति रोक्न सिभिल ड्रेस तथा मोबाइल गस्तीमार्फत थप कडाइ गरिने स्पष्ट पारे।

त्यस्तै, यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशव सिंह भण्डारीले अनुगमनका क्रममा सवारीका कागजातहरू अधिकांश दुरुस्त पाइए पनि सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकट नदिने, गाडीभित्र भाडादर सूची (रेट चार्ट) नराख्ने र सिटको संरचना आफूखुसी हेरफेर गर्ने जस्ता कैफियतहरू भेटिएको बताए।

अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले चाडपर्वमा यात्रुहरू ठगिन र जोखिमपूर्ण यात्रा गर्न नपरोस् भन्ने उद्देश्यले नियमित चेकजाँच थालिएको बताएका छन्। 
 

प्रतिकृया दिनुहोस

महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो

धनगढी, असोज २८ । महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी

भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो

ममता भट्ट, डडेल्धुरा, असोज २७ । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि डडेल्धुराका किसान यतिबेला खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली

↑